रौतहट १ मा रास्वपाका चौधरी विजयी,माधवकुमार नेपाल चौथों


     एभरेस्ट आवाज    
     फागुन २३ गते २०८२ मा प्रकाशित




प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रौतहट–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका राजेशकुमार चौधरी विजयी भएका छन् ।

आज सम्पन्न मतगणनामा चौधरीले २८ हजार ९४६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मनोज केसीले जानकारी दिए । उक्त क्षेत्रमा नेकपा एमालेका अजयकुमार गुप्ताले १० हजार ६९३ प्राप्त गर्दा नेपाली कांग्रेसका अनिल झाले आठ हजार ५७४ मत प्राप्त गरे । साथै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सात हजार ६६९ मत प्राप्त गरे । यस क्षेत्रमा एक लाख आठ हजार ७२६ मतदाता रहेकामा ७१ हजार १५६ मत खसेको थियो ।

हाल रौतहटको–२, ३ र ४ मा मतगणना जारी छ । क्षेत्र नंं २ मा नेपाली कांग्रेसका मो। फिरदोश आलम, क्षेत्र नं। ३ मा रास्वपाका रवीन्द्र पटेल र क्षेत्र नं। ४ मा रास्वपाकै गणेश पौडेलले अग्रता कायम राखेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।