सन्देश श्रेष्ठ
पोखरा, फागुन २३
लमजुङबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का धर्मराज केसी बिजयी भएका छन् । पटक÷पटक मन्त्री तथा गण्डकीका मुख्यमन्त्री भएका नेकपा एमालेका उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङलाई झण्डै दोब्बर मतले पराजित गर्दै केसी बिजयी भएका हुन् । दोस्रो पटकको प्रयासमा बिजयी भएका उनले अघिल्लो पटकको पराजयको बदलासमेत लिएका छन् । उनी २०७९ को निर्वाचनमा गुरुङसँगै पराजित भएका थिए ।
शनिबार सम्पन्न मतगणनामा केसीले गुरुङलाई १७ हजार २२ मतले पछि पारे । बिजयी केसीले ३३ हजार ८ सय ९८ मत प्राप्त गरे भने निकटतम प्रतिष्पर्धी गुरुङले १६ हजार ८ सय ७६ मत प्राप्त गरे । त्यस्तै, कांग्रेसका गमप्रसाद गुरुङले १६ हजार ५ सय ६९ मत प्राप्त गर्दा नेकपाका हरिजङ तामाङले ३ हजार ३ सय ७१ मत प्राप्त गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


१७ बैशाख, पोखरा ।नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेशमा प्रदेश स्तरीय कार्यालय छ…






