काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएका छन् ।
गुरुङको स्थानमा ओलीले विशाल भट्टराईलाई नियुक्त गरेको संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।
प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले खोटाङबाट निर्वाचित भट्टराईलाई आज प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।
प्रधानमन्त्री ओलीले नेकपा सङ्घीय संसदीय दलको विधान, २०७५ को दफा १३ बमोजिम उनलाई मुख्य सचेतकमा नियुक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
नेकपा विभाजन भएपछि प्रचण्ड माधव पक्षले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको थियो।प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि नेकपा विभाजित भएको छ। सर्वोच्च अदालतले ओलीको कदमलाई उल्टाइसकेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सरकारले राज्यको सीमित स्रोत र साधनमाथि वर्षौँदेखि हुँदै आएको चरम दोहन र…






