कास्की क्षेत्र नम्बर ३ की प्रतिनिधि सभा सदस्य (सांसद) विद्या भट्टराई अधिकारीले नेपालमा लैंगिक हिंसा बढेको बताएकी छन् । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको कार्यालय भवनको उद्घाटन शत्रमा बोल्दै उनले नेपालमा पछिल्लो क्रममा लैंगिक हिंसा बढेकोप्रति चिन्ता व्यक्त गरेकी हुन् । लैंगिक हिंसा बढिरहेको छ,उनले भनिन्,‘यसलाई रोक्ने कानून कहाँ छ ? रोक्न किन सकिएन ? कहाँ त्रुटी रह्यो ? भन्नेबारे खोजी गर्नुपर्छ ।’ त्यसका लागि पत्रकारले खोजमूलक पत्रकारिता गर्नुपर्ने उनको भनाई थियो ।
सांसद भट्टराईले समाज अपराधतर्फ उन्मुख भएकोसमेत बताइन् । समाज अपराध उन्मुख भएकाले त्यसलाई रोक्नका लागि त्यसका कारणहरुको खोजी गर्दै समाधानका लागि पत्रकारले कलम चलाउनुपर्नेमा उनले जोड दिइन् ।
भट्टराईले शक्ति पृथकीकरण अनुसार संस्था नचल्दा देश कुनैपनि बेला खतरामा पर्ने बताइन् । उनले कार्यपालिका, न्यायपालिका र ब्यबस्थापिका शक्ति पृथकीकरणको सिद्धान्त अनुसार चल्नुपर्ने बताइन् । यसका लागि पत्रकारहरुलेपनि कलममार्फत खबरदारी गर्नुपर्ने उनको भनाई थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







