प्रोग्रेशिभ फाइनान्स लिमिटेडले आफ्नो कारोबार सुभारम्भको २५औं वर्ष पुरा गरि २६ औं बर्षमा प्रवेश गरेको छ ।
बार्षिकोत्सवका अवसरमा फाइनान्सले आफ्नो सेवा तथा सुविधा विगतमा भन्दा थप परिष्कृत र परिमार्जित गर्दै सेवामा विविधीकरण गर्ने र लगानीको क्षेत्र पहिचान गरी कार्यक्षेत्र विस्तारमा ध्यान दिइने जनाएको छ ।
लगानीलाई आकर्षक प्रतिफल प्रदान गर्न विविध क्षेत्रहरुमा समेत सहकार्य गर्दै लगानी विस्तार गर्ने तथा देशव्यापी रुपमा बैंकिङ्ग पहुुँचबाट बन्चित रहेका निम्न तथा मध्यम वर्गिय परिवार समक्ष वित्तीय सेवा पु¥याउने उद्देश्यका साथ फाइनान्स अघि बढेको प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईंले बताए ।
२०७६ बैसाख १५ गते नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको वित्त कम्पनीलाई निर्धारण भएको चुुक्ता पूूँजी रु. ८० करोड पु¥याएपश्चात यस संस्थाले नयाँ गति लिएको हो । आधुनिक प्रविधियुक्त बैंकिङ, शाखा सञ्जाल विस्तार, व्यवसायिक क्षमता अभिवृद्धि जस्ता कारणहरुले यस प्रोग्रेशिभ फाइनान्सले आफ्नो वित्तीय स्वास्थ्य सुधार गरिरहेको बैकका अध्यक्ष किशोर कुमार महर्जनले जानकारी दिए ।
फाइनान्सले हालसम्म १० वटा शाखा कार्यालय तथा ४ वटा एक्सटेन्सन कार्यालयहरुबाट आधुुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको र अन्य ४ वटा शाखाहरु बिस्तारको अन्तिम चरणमा रहेको प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईंले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्राकृतिक सौन्दर्य, उच्च पहाडबाट देखि हिमशृङ्ला र फराकिला पाटनले परिचित बागलुङको ढोरपाटनमा…







