एमाले कास्कीका पूर्व अध्यक्ष कृष्ण थापाको ह्रदयघातका कारण निधन


     एभरेस्ट आवाज    
     फागुन २८ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, फागुन २८

नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की जिल्लाका पूर्व अध्यक्ष कृष्ण थापाको निधन भएको छ । पार्टीको कास्की जिल्ला संयोजन गर्ने जिम्मेवारीमा रहेका उनको आज ह््रदयघातका कारण निधन भएको हो ।

प्रतिनिधि सभा सदस्यको निर्वाचन–२०८२ को समीक्षा भइरहेका बेला उनलाई ह्रदयघात भएको थियो । समीक्षा बैठकमा आफ्नो भनाई राखेर बसिरहेका बेला उनलाई ह्रदयघात भएको एमाले कास्की जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए । समीक्षा बैठक सकिएर उठ्ने बेलामा असहज भयो भन्दै कुर्सीमा बसेका उहाँ बेहोस् हुनु भएको थियो,उनले भने,‘लगत्तै कारमा राखेर ९ मिनेटमै मनिपाल शिक्षण अस्पताल पु¥याए पनि बचाउन सकिएन ।’ अस्पताल लगेर चेकजाँच गर्दा रिपोर्ट नकारात्मक आएको र चिकित्सकले धेरै प्रयास गर्दा पनि सुधार नआएको उनले बताए ।

थापालाई ब्लड प्रेसर लो सम्बन्धि समस्या रहेको बताइएको छ । यद्वपी औषधी प्रयोग गरेनगरेको बारे खुलेको छैन ।

एमालेको गढ मानिने कास्कीमा क्लिन स्वीप भएपछि एमालेले विहीबार समीक्षा बैठक राखेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।