नेकपा एमालेले समानुपातिकतर्फ चयन हुने सांसदको नाम टुंगो लगाएको छ ।
शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले १६ जनाको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।क्लस्टर अनुसार समानुपातिक सांसदको चयन गरेको बताए। एमालेले समानुपातिकबाट १६ सीट जितेको छ।
जस अनुसार जनजाति महिलातर्फ भूमिका सुब्बा र गंगादेवी श्रेष्ठ, पुरुषमा रामबहादुर थापा मगर,कुलभक्त शाक्य खस आर्यतर्फ महिलामा पद्मा अर्याल र टुकाभद्रा हमाल,एशुदा कुमारी बराल पिछडिएको क्षेत्र, पुरुषमा गुरु प्रसाद बराल र पुष्पराज कंडेल, थारुतर्फ कृपाराम राणा पुरुष, दलित महिलामा विष्णुमाया वी के र नीता घटानी, मधेसी महिलातर्फ रिङ्ला यादव र यशोधा कुमारी यादव, पुरुषमा चन्द्रेश्वर मण्डल , मुस्लिम महिलामा साजिदा सिद्दीकी छन् ।
उपमहासचिव भट्टले बैठकले समानुपातिक सांसद चयन गरेपनि संसदीय दलको नेताबारे कुनै छलफल नभएको बताए। उनले चुनावी समीक्षाबारे छलफल नभएको बताए । अध्यक्ष ओलीलाई शोक परेकाले मुक्त भइसकेपछि मात्रै छलफल हुने जानकारी दिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







