तनहुँमा जग्गादाता सम्मानित


     एभरेस्ट आवाज    
     फागुन १५ गते २०७७ मा प्रकाशित




भानुमुकाम डुम्रेस्थित इलाका प्रहरी कार्यालयको भवन निर्माणार्थ जग्गादान गर्ने बन्दीपुर–४ निवासी एक दम्पतीलाई सम्मान गरिएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँद्वारा शुक्रबार आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा जग्गादाता स्थानीय धु्रवलाल श्रेष्ठ पिया र विष्णुदेवी पियालाई सम्मान गरिएको हो।

उनीहरुलाई प्रमुख जिल्ला अधिकारी सागर आचार्य र प्रहरी उपरीक्षक अरुण पौडेलले सम्मान गरे।

पिया दम्पतीले विसं ०५७ असार १९ गते सात आना जग्गा करीब ७० लाख बराबरको दान गरेका थिए।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।