आहा ! रारा गोल्ड कप को १९ औं संस्करणमा पनि वेलायतबाट आकर्षक म्यान अफ दी म्याच ट्रफी ज्ञफी सहित विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई प्रदानगरीने ट्रफी आउने भएको छ । १० वटा खेलको लागि १० वटा म्यान अफ दी म्याच ट्रफी, प्रतियोगितामा उत्कृष्टहुने खेलाडीलाई, उत्कृष्ट स्टाइकर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्स,उत्कृष्ट गोलरक्षक, उत्कृष्ट हाईस्कोरर, अनुशासित टोली, उत्कृष्ट प्रशिक्षकलाईप्रदान गरिने आकर्षक ट्रफी आउने भएको सहारा क्लवले जनाएको छ ।

सहारा यूकेको सहयोगमा उक्त ट्रफी प्राप्त हुने भएको हो । त्यसैगरी विजेता तथा उप-विजेता खेलाडीहरुलाई प्रदान गरिने मेडलसमेत वेलायतबाट ल्याइने भएको छ । विभिन्न विधामा उत्कृउष्ट हुने खेलाडी एवं कुनै टोलीको लागि उत्त ट्रफीनिकै आकर्षक भएकोले उक्त ट्रफीको महत्व थप बढेको क्लवका अध्यक्ष केशवबहादुर थापाले बताए ।






पोखरामा आउँदो चैत १७ गते देखि १९ औं संस्करणको मोफसलकोबहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तराष्ट्रिय अन्तर क्लब स्तरिय आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७७ हुनेछ । उक्त प्रतियोगिता पोखरारंगशालामा २०७७ चैत २८ गतेसम्म हुने सहारा क्लवले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







