परोपकार सर्वेश्वर नारी समूहको अध्यक्षमा रुकु कोइराला


     एभरेस्ट आवाज    
     चैत्र ७ गते २०८२ मा प्रकाशित




पोखरा, चैत ७

परोपकार सर्वेश्वर नारी समूहको अध्यक्षमा रुकु कोइराला चयन भएकी छन् । समूहको शनिबार सम्पन्न १५ औं अधिवेशनले निवर्तमान उपाध्यक्ष कोईरालालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

समूहको निवर्तमान अध्यक्षमा मीनु कोईराला, उपाध्यक्षमा ईनु कोइराला, सचिवमा रञ्जिता बास्तोला, सहसचिवमा रचना कोईराला कोषाध्यक्ष सुमित्रा कोईराला, सहकोषाध्यक्षमा निसु कोईराला सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा सविता कोईराला, कल्पना अधिकारी, सीता पाठक कोईराला, सिर्जना शर्मा कोईराला, ईन्दिरा कोईराला, सरिता घिमिरे कोईराला र सरु पनेरु अधिकारी चयन भएको निवर्तमान अध्यक्ष मीनु कोईरालाले जानकारी दिईन् ।

समूहकी अध्यक्ष मीनु कोइरालाको अध्यक्षता तथा पोखरा–४ का वडाध्यक्ष देवकृष्ण पराजुलीको प्रमुख आतिथ्यता तथा वडा सदस्य प्रकाश कोइरालाको आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा सर्वेश्वर युवा क्लवका अध्यक्ष संघर्ष कोइराला, गैह्रापाटन टोल विकास संस्थाककी अध्यक्ष तथा समूहकी पूर्व अध्यक्ष पवित्रा अधिकारी, समूहकी संस्थापक अध्यक्ष जानकीदेवी कोईराला, निवर्तमान अध्यक्ष सकुन्तला कोइराला, उपाध्यक्ष रुकु कोइराला, सर्वेश्वर मार्गकी अध्यक्ष सीता गोदारलगायतले बोलेका थिए ।

कर्यक्रममा कोषाध्यक्ष्को प्रतिवेदन कोषाध्यक्ष रचना कोइरालाले प्रस्तुत गरेकी थिईन् भने कार्यक्रमको सञ्चालन सचिव ईनु कोइरालाले गरेकी थिईन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।