पोखरा । मातृभुमीका लागि नेपाली अभियान पोखरा १३ को संयोजकमा शिबराज बराल चयन भएका छन् ।
शनिबार पोखरामा सम्पन्न भेलाल बरालको संयोजकत्वमा २५ सदस्यिय समिती चयन गरेको हो ।
समितिको सह संयोजक राजु क्षेत्री, सचिव बुद्धी प्रकाश बराल , सहसचिव राजन सिग्देल र बिशाल बराल तथा कोषाध्यक्षमा परमेश्वर बराल चयन भएका छन् ।
यस्तै सदस्यहरुमा सुर्यबहादुर सिग्देल, राजेन्द्र बराल , दिपक अधिकारी, राम बहादुर परियार,बिकाश बराल, जिवन बराल,सुमन अधिकारी, निर्मल बराल,,अमृत बराल,शिब देबकोटा, रबी बराल, सुरज अधिकारी, बिजय सुनार राजेन्द्रप्रसाद बराल, बिद्या बराल, नमुना बराल, डील्लु बि क, कपिल अधिकारी , नविन बराल , रहेका छन् ।
भेलाको उद्घाटन गर्दै प्रमुख अतिथि मातृभुमीका लागी नेपाली अभियान का केन्द्रिय सह संयोजक भवानी प्रसाद शर्माले गैर राजनैतिक समुह बिशुद्ध स्वतन्त्र समुहको रुपमा अगाडी बढेको बताए । उनले हिन्दु राष्ट्र नेपाल हुनु पर्ने तथा संघियता खारेज गर्नु पर्ने माग यो अभियान को रहेको उल्लेख गरे ।
कार्यक्रममा पत्रकार श्रीराम सिग्देल, अभिनयका कास्की जिल्ला सह संयोजक सुर्यभक्त सिग्देल , जिल्ला समिति संगठन बिभाग प्रमुख माधब भण्डारी, वडा नं १२ की संयोजक विद्या अधिकारी तथा वडा नं १३का संयोजक शिबराज बराल लगायतले भेलामा बोलेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







