र्‍यालीसहित कास्की प्रशासनमा एमालेको विरोध पत्र


     एभरेस्ट आवाज    
     चैत्र १५ गते २०८२ मा प्रकाशित




अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेका जनवर्गीय संगठनहरूले आज देशैभर जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाएका छन् ।

यसैबीच जिल्ला प्रशासन कार्यालय कास्कीमा पनि र्‍याली सहित एमालेका कार्यकर्ताहरू पुगेका छन् । वाई चोकमा भेला भएका एमालेका नेता कार्यकर्ता नाराबाजी सहित जिल्ला प्रशाासन कार्यालय पुगेका हुन् । उनीहरुले प्रशासनमा पुर्व प्रधानमन्त्री ओली र पुर्व गृहमन्त्री रमेश लेखकलाई प्रतिशोधपुर्ण गिरफ्तारी गरिएको भन्दै विरोध पत्र बुझाएका छन् ।एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रील,े कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा समक्ष पत्र बुझाएका छन् ।

एमाले कार्यकर्ताले सरकार विरुद्ध नाराबाजी समेत गरेका छन् । एमालेका कार्यकर्ता प्रदर्शनमा उत्रिए पछि राष्ट्र बैंक, शहिदचोक क्षेत्रमा उल्लेख्य मात्रामा सुरक्षाकर्मि परिचालन गरिएको छ । ओली पक्राउको विरोधमा नेकपा एमालेका जनवर्गीय संगठनहरूले हिजो देखि प्रदर्शनलाई तीब्र बनाएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।