पोखरा, चैत १८
प्रतिभा माध्यमिक विद्यालयमा मन्टेश्वरी उत्तीर्ण ७३ बालबालिका बुधबार दीक्षित भएका छन् । प्रतिभा मावि अन्तर्गत सञ्चालित मन्टेश्वरीबाट यूकेजी उत्तीर्ण ७३ बालबालिकालाई विद्यालयले एक कार्यक्रम आयोजना गरेर दीक्षित गरेको हो । ‘शिक्षाको उत्सव’ नारासहित आयोजित दीक्षान्त समारोहमा बालबालिकालाई दीक्षित प्रमाणपत्र प्रदानसमेत गरिएको थियो ।

दीक्षान्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण पौडेलले प्रतिभा माविको मन्टेश्वरीले बालबालिकाको सर्वाङ्गीण विकासका लागि राम्रो आनीबानी, अनुशासन र आत्मविश्वास जगाउने प्रयास गरेको बताए । बालबालिका ‘काँचो माटो’ जस्तै हुन्,उनले भने,‘त्यसैले उनीहरूलाई सानैबेलादेखि ज्ञानसँगै राम्रो आनीबानी, अनुशासन र आत्मविश्वास जगाउनुपर्छ, त्यसमा प्रतिभा माविको मन्टेश्वरी अगाडि छ ।’
दीक्षान्त समारोहमा अमेरिका भ्रमणमा रहेका विद्यालयका प्राचार्य किरण सापकोटाले भिडियोमार्फत दीक्षित सबै बालबालिकालाई बधाई ज्ञापन गरेका थिए ।

विद्यालयका फाइनान्स डिरेक्टर विश्वगोपाल पराजुलीले विद्यार्थीलाई आधुनिक प्रविधि र रचनात्मक सीपसँग जोड्ने प्रयास प्रतिभा माविले गरिरहेको उल्लेख गरे ।
सहप्राचार्य प्रदीप खनालले विद्यालयले गुणात्मक शिक्षा, संस्कारयुक्त सिकाइ र अतिरिक्त क्रियाकलापमा जोड दिदै आएको बताए ।
दीक्षान्त समारोहमा स्वागत मन्तव्य राख्दै विद्यालयकी मन्टेश्वरी कोअर्डिनेटर निर्मला सुवेदीले बालबालिकाको सर्वाङ्गिण विकासका लागि विद्यालयले अनुकुल वातावरण निर्माण गरिरहेको जानकारी गराईन् ।
सो अवसरमा मन्टेश्वरीमा अध्यापनरत शिक्षिकाहरूलाई बालविकास र बालमनोविज्ञानमा योगदान पु¥याएको भन्दै सम्मानसमेत गरिएको विद्यालयले जनाएको छ ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


गत भदौ १० गते भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीबाट आहत बनेका रसुवाको…







