शिवसेनाले खुल्ला रक्तदानसंगै कास्की कार्यालय उद्घाटन गर्दै


     एभरेस्ट आवाज    
     फागुन १६ गते २०७७ मा प्रकाशित




पोखरा । शिवसेना नेपाल कास्कीले सोमबार कास्की कार्यालयको एक कार्यक्रमका विच उद्घाटन गर्ने भएको छ ।

महायोगी नरहरि नाथको १०८ औं जन्मजयन्तीको अवसरमा जिल्ला कार्यालय उद्घाटन र खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको शिव सेना नेपालका जिल्ला अध्यक्ष प्रदिप खडग्रीले जानकरी दिए ।

पार्टी कार्यालय उद्घाटन कार्यक्रममा गोरखनाथ पिठाधीश एवं संस्कृतविद् योगी बलभद्रनाथ योगी, अधिवक्ता सन्तोष अधिकारी, संस्थाका वरिष्ठ सल्लाहकार ठाकुरप्रसाद बराल (गायत्री), सल्लाहकार राजकुमार तिमिल्सिना लगायतले उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष खडग्रीले जानकारी दिए ।

सोमबार विहान ७ बजेबाट प्रस्र्याङस्थित कार्यालयमा आयोजना गरिने खुल्ला रक्तदान कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।