पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी गर्ने तयारी भएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका लागि देउवा र आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै प्रहरीले रेड नोटिस जारी गर्नको लागि तयारी थालेको हो ।उपचारका लागि सुरुमा सिंगापुर गएका देउवा र सुरुमा दिल्ली पुगेकी आरजु त्यसपछि हङकङ गएका थिए। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका लागि देउवा र आरजु राणाविरुद्ध पक्राउ अनुमति मागेको थियो ।
सोही आधारमा जिल्ला अदातल काठमाडौंले देउवा दम्पतीविरुद्ध पक्राउ अनुमति दिएको हो । हाल देउवा दम्पती हङकङमा छन् ।चैत १३ मा बनेको बालेन शाह नेतृत्वको नयाँ सरकारले पूर्वप्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्ने निर्णय गरेको थियो । भदौ २४ मा भएको जेनजी प्रदर्शनमा बूढानिलकण्ठस्थित देउवा निवास नै जलेको थियो ।
पुर्व प्रधानमन्त्री देउवाका साथै उनका नातेदार प्रदीपशम्सेर जबरा, भूषण राणा लगायतबाट जयवीर र अन्य व्यक्तिको खातामा भएको कारोवारको विवरण संकलन भइरहेको पनि स्रोतको दाबी छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


१७ बैशाख, पोखरा ।नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेशमा प्रदेश स्तरीय कार्यालय छ…






