नयाँ बर्षलाई स्वागत गर्न वेगनासमा ‘फिस फेष्टिभल’


     एभरेस्ट आवाज    
     चैत्र २९ गते २०८२ मा प्रकाशित




नेपाली नयाँ बर्ष २०८३ लाई स्वागत गर्न होटल तथा रेस्टुरेण्ट एसोसियसन लेखनाथले वेगनासताल किनारमा फिस फेष्टिभलको आयोजना गर्ने भएको छ ।

नयाँ बर्षलाई सदैव उत्साह पुर्वक मनाउनका लागि चैत्र ३० गते सोमवार एकदिने कार्यक्रमका साथ माछा महोत्सव गर्न लागेको सस्थाका अध्यक्ष सुरेश लामिछानेले जानकारी दिएका छन् । वेगनासतालको प्रचार प्रसारमा सहयोग पुग्ने र तालबाट माछा उत्पादन गरि आय आर्जनमा सहयोग पुग्ने उदेस्यले माछा महोत्सव गर्न लागिएको हो । सोमवार दिउसो २ ः०० बाट औपचारीक कार्यक्रम सुरु गरि विविध सांस्कृतीक कार्यक्रम सहित राती १२ः०० वजे नयाँ साललाई स्वागत गर्ने कार्यक्रम तय गरिएको सस्थाकी महासचिव शक्ति श्री कोईरालाले जानकारी दिएकी छन् ।

माछा महोत्सवको नाम दिएर आयोजना गरिएको कार्यक्रममा बेगनास,रुपा लगाएत लेखनाथमा भएका अन्य तालबाट पनि माछा ल्याएर विक्रि वितरणको ब्यवस्था मिलाईने छ भने माछामा परिकारको बिक्रि तथा प्रवर्धन समेत गरिने होटल तथा रेस्टुरेण्ट एसोसियसन लेखनाथका अध्यक्ष विरभद्र कडेलले जानकारी दिए ।

नेपाली नव बर्ष २०८३ लाई स्वागत गर्न चर्चित गायिका रचना रिमाल वेगनासतालमा आउने छिन। त्यस्तै पोखरेली ब्याण्ड, माया गुरुङ, बालचन्द्र बराल लगायत स्थानिय कलाकारको प्रस्तुती सहित भजन कृतन र नृत्य समेत रहने बताएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।