सनराईज बैंकले स्याङजाको हेलुमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । योसँगै सनराइजको शाखारहित बैंकिङ सेवा संख्या ७१ पुगेको छ ।
पुतलीबजार नगरपालिका वडा नं। ११, हेलुमा खोलिएको शाखारहित सेवाको पुतलीबजार नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष भवानीप्रसाद लामिछाने र बैङ्कका गण्डकी प्रदेश प्रमुख सुजन पौडेलले संयुक्त रुपमा उद्घाटन गरे।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडाध्यक्ष भवानीप्रसाद लामिछानेले अत्याधुनिक बैकिङ्ग सेवा गाउँमै आउँदा आफु निकै खुशी भएको र आफ्नो सक्दो सहयोग रहने बताए ।
कार्यक्रममा भीरकोट नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शेषकान्त अर्याल, भीरकोट उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष जगदीश प्रसाद कोराला र बैङ्कका वालीङ्ग शाखा प्रमुख ध्रुव लम्सालले मन्तव्य राखेका थिए। सनराईज बैङ्कका गण्डकी प्रदेश प्रमुख सुजन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य वालिङ्ग शाखा प्रमुख ध्रुव लम्सालले गरेका थिए ।
उक्त शाखारहित बैंकिङ सेवाको व्यावसायिक प्रतिनिधिको रुपमा बैंकले युवराज अर्याललाई नियुक्त गरेको बैंकले जनाएको छ ।
शाखारहित सेवाबाट ग्राहकले बैङ्कका प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्ने छन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, मोबाइल र डिसहोम टेलिभिजन रिचार्ज लगायत सुविधा उपलब्ध हुने बैंकका प्रतिनिधि अर्यालले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्राकृतिक सौन्दर्य, उच्च पहाडबाट देखि हिमशृङ्ला र फराकिला पाटनले परिचित बागलुङको ढोरपाटनमा…







