सामुदायिक सेवा केन्द्र एंव सामुदायिक प्रहरी सेवा पृथ्वीचोकले आयोजना गरेको त्रिदिवसीय उदघोषण तालिम सम्पन्न भएको छ । पोखरा १५ लक्ष्मीटोल आमा समुहको भवनमा शुक्रबारदेखि शुरु भएको तालिम आइतबार सम्पन्न भएको हो ।
तालिममा सहभागिहरुलाई प्रमाण पत्र वितरण गर्दे कार्यक्रमका प्रमुख अतिथि वडानं १५का वडाध्यक्ष प्रकाश पौडेलले तालिममले सहभागिहरुमा आत्मबल बढाउन सहयोग पुगेको बताउनु भयो । संसार प्रस्तुतिकरणमा अडेको भन्दै घर परिवार समाज सवै ठाउँमा बोल्ने कला महत्वपूर्ण हुने उहाँको भनाई थियो । सहभागिहरुलाई तालिममा सिकेका कुरालाई ब्यवहारमा उर्तान अध्यक्ष पौडेलले आग्रह गर्नुभयो।
आयोजक संस्थाका सल्लाहकार एवं पूर्व अध्यक्ष चिरञ्जीवी श्रेष्ठले समुदायमा दिने यस्ता तालिमले सभ्य समाज निर्माणमा सहयोग पुग्ने बताउनु भयो । समाजमा विकृति विसंगति न्युनिकरण गरि शान्ति सुरक्षा अमयन चयन गराउनको लागि २०५७ साल देखि प्रहरी र स्थानीय जनताको सहभागितामा आफुहरुले रचनात्मक काम गर्दे आएको बताउनु भयो । तालिमका प्रशिक्षक पत्रकार घनश्याम पाण्डेय तालिम प्रभावकारी हुनुको मुख्य कारण सहभागिहरुकै सक्रिय सहभागिता रहेको जनाउनु भयो । प्रशिक्षक एक माध्याम मात्रै रहेको भन्दै पाण्डेले सहभागिहरुको भित्र लुकेर रहेको प्रतिभालाई बाहिर ल्याउने काम तालिमले गरेको बताउनु भयो ।
सामुदायिक सेवा केन्द्र एंव सामुदायिक प्रहरी सेवा पृथ्वीचोकका अध्यक्ष विपिन अधिकारीले आफुहरुको सेवा केन्द्र अन्तरगत वडानं ८,९ ,१० र १५ पर्ने भन्दै आगामि दिनमा पनि समुदायमा आवश्यक तालिम सञ्चालन गर्दे जाने बताउनु भयो ।केन्द्रका वडानं १५का संयोजक एवं तालिम संयोजक टकदेवी पुनले वडानं १५का लक्ष्मी टोल आमा समुह सहित तालिममा विभिन्न संघसस्थाका २८ जना महिला पुरुषको सहभागिता रहेको बताउनु भयो ।
तालिममा सहभागि मध्यका धनबहादुर पुन,कमला क्षेत्री,जसबहादुर गुरुङ,नरमाया पुनले तालिम आफुहरुले सोचे भन्दा पनि प्रभावकारी भएको भन्दै आफुहरु आगामि दिनमा सामाजिक कार्यमा सक्रिय भएर लाग्ने प्रतिबद्धत्ता जनाउनु भयो । तालिम लिएपछि आफुहरुमा आत्म विश्वास बढेको उहाँहरुको भनाई थियो । तालिममा सहभागिहरुलाई सचिव कुमारी मुना बास्तोला,कोषाध्यक्ष हरि प्रसाद पाण्डेय लगायतले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।कार्यक्रमको सञ्चालन तालिममा सहभागि मिठु गोशलीले गर्नुभएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







