१० औं पोखरा स्पोर्टस अवार्डको सह प्रायोजकमा केल्मी नेपाल


     एभरेस्ट आवाज    
     वैशाख ४ गते २०८३ मा प्रकाशित




रारा तैयारी चाउचाउको मुख्य प्रायोजनमा हुने १० औं पोखरा स्पोर्टस अवार्डमा केल्मी नेपालले सह प्रायोजकमा रहेर साथ दिने भएको छ ।

स्पेनको खेलकुद ब्राण्ड केल्मेको नेपालका लागि आधिकारीक बिक्रेता केल्मी नेपाल र पोखरा स्पोर्टस अवार्ड आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी बीच १० औं पोखरा स्पोर्टस अवार्डमा एक अर्का बिच सहकार्य गर्ने गरि सम्झौता भएको हो । सम्झौतामा केल्मी नेपालका प्रवन्ध निर्देशक उत्तम न्यौपाने र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्थाले हस्ताक्षर गरे । सो अवसरमा वोल्दै केल्मी नेपालका प्रवन्ध निर्देशक उत्तम न्यौपानेले केल्मे नेपालले खेलकुदको क्षेत्रमा साथ, सहयोग र सहकार्य गर्दै आइरहेको र पर्यटकीय राजधानी पोखरामा आयोजना हुने १० औं पोखरा स्पोर्टस अवार्डमा समेत सहयोग रहने प्रतिवद्धता ब्यक्त गरे । गण्डकी प्रदेशका खेलाडीहरुलाई लक्षित गरि आयोजना गरेको अवार्डको सफलताको कामना समेत गरे ।

मञ्चका अध्यक्ष एमबी आस्थाले अन्तराष्ट्रिय ब्राण्डकेल्मीको आधिकारीक बिक्रेता केल्मी नेपाल संग सहकार्य गर्न पाउदा खुसी लागेको बताए ।विभिन्न आठ विद्यामा आयोजना हुने पोखरा स्पोर्टस अवार्डमा केल्मीसंग सहकार्य गरेर अगाडी बढ्न पाउदा खेलकुद क्षेत्रमा साथ र सहयोग गर्दै आइरहेको केल्मी प्रति आभारप्रकट गरे । आगामी वैशाख १८ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा विभिन्न आठ विधामा अवार्ड प्रदान गरिदै छ ।

जसमा लाइफटाईम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्टखेलाडी पुरुष, वर्ष उत्कृष्ट महिला, वर्ष उदियमान खेलाडी, वर्ष उत्कृष्ट खेल संघसंस्था, पिपुल्स च्वाइस अवार्ड र वर्ष उत्कृष्ट खेल पत्रकार रहेका छन । पोखरा स्पोर्टसअवार्डमा पिपुल्स च्वाइस अवार्डका लागि गुरुङ गहना घर प्रालिले स्कुटर प्रायोजन गरेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।