पोखराको महत्वपुर्ण पर्यटकीय क्षेत्र लेकसाइडमा आन्तरिक तथा बाह्य पर्यटकहरूलाई अनावश्यक दुःख र हैरानी दिने थप ३ जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रातिको समयमा पर्यटकहरूलाई विभिन्न प्रलोभन देखाई अनैतिक क्रियाकलापमा संलग्न गराउने, हैरानी दिने र लुटपाट गर्ने गरेको जनगुनासोका आधारमा उनीहरूलाई मगंलबार बिहान पक्राउ गरिएको हो ।जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई अनुसन्धान लागि नियन्त्रणमा लिएको जनाईएको छ । पछिल्लो समय लेकसाइड क्षेत्रमा पर्यटकलाई विभिन्न किसिमका प्रलोभन देखाई दुःख दिने, हैरानी पार्ने र लुटपाट गर्ने जस्ता कार्यमा केही व्यक्तिहरू सक्रिय रहेको जनगुनासो पछि त्यस क्षेत्रमा प्रहरीले आफ्नो सक्रियता बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
गत आइतबार पनि प्रहरीले सोही क्षेत्रबाट १६ जना महिलालाई नियन्त्रणमा लिएको थियो ।त्यस्तै प्रहरीले जेनजी आन्दोलनमा फरार एक जना कैदी बन्दी पनि पक्राउ गरेको छ । गत भदौं २४ गते देखि फरार रहेका पोखरा १७ छोरेपाटन बस्ने तेन्जिङ कुल्सङ गुरुङलाई सोमबार नियन्त्रणमा लिईएको निमित्त सुचना अधिकारी गणेश पाण्डेले जानकारी दिए । डिहिको पाटनबाट पक्राउ परेका गुरुङलाई आवश्यक कारवार्हीका लागि कास्की कारागारमा बुझाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख ८ पर्यटकलाई दुःख हैरानी दिनेबिरुद्द कास्की प्रहरीले एक्सन शुरु…






