भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोनाविरुद्धको खोप


     एभरेस्ट आवाज    
     फागुन १७ गते २०७७ मा प्रकाशित




भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ विरुद्धको खोप लगाएका छन्।

सोमवार बिहान नयाँ दिल्लीको एम्स अस्पताल पुगेर मोदीले भारत बायोटेक निर्मित कोभ्याक्सिनको पहिलो डोज लिएका हुन्।

कोरोना खोप लिएपछि मोदीले सामाजिक सञ्जालमा आफ्नो फोटो सेयर गरेका छन्। मोदीले खोप लिन योग्य सबैलाई यो कार्यक्रममा सहभागी बन्न र भारतलाई कोरोना मुक्त बनाउन सबै मिलेर लाग्न अपिलसमेत गरेका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।