पोखरा महानगरपालिकाले जारी गरेको ३५ दिने सुचना विरुद्ध पोखरामा सोमबार सुकुम्वासीले प्रदर्शन गरेका छन् ।
भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार संघर्ष समिति जिल्ला समिति कास्कीको अगुवाईमा पृथ्वीचोकस्थित बसपार्कको जग्गामा बसिरहेका सुकुम्वासीले नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।उनीहरुले सडकमा विरोध प्रदर्शन गर्दै ३५ दिने सूचना खारेज गर्न माग गरेका छन् । यही वैशाख ३ गते पोखरा महानगरपालिकाले सूचना जारी गर्दै अतिक्रमित जग्गा र त्यहाँ निर्मित संरचना ३५ दिनभित्र हटाउन ‘अल्टिमेटम’ दिएको थियो ।
उनीहरूले जिल्ला प्रशासन कार्यालयअगाडि नाराबाजी गर्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई ज्ञापनपत्र समेत बुझाएका छन् । त्यसपछि उनीहरू नयाँबजारस्थित पोखरा महानगर कार्यालय पुगेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, बैशाख २१ पोखराको चिप्लेढुंगामा एलभिडी ब्राण्डको शाखा खुलेको छ । पोखरा…






