पोखराको चिप्लेढुंगामा खुल्यो एलभिडीको शाखा


     एभरेस्ट आवाज    
     वैशाख २१ गते २०८३ मा प्रकाशित




पोखरा, बैशाख २१

पोखराको चिप्लेढुंगामा एलभिडी ब्राण्डको शाखा खुलेको छ । पोखरा चिप्लेढुंगास्थित पोखरा ट्रेडमलको विपरित साईडमा एलभिडी ब्राण्डको शाखा सञ्चालनमा आएको हो । पोखराका युवा पर्यटन व्यवसायी सुनिलबहादुर भट्टराईले सञ्चालन गरेको सो शाखाको सोमबार पूर्व मिस नेपाल माल्भिका सुब्बाले उद्घाटन गरिन् । सो अवसरमा उनले एलभिडी शाखाको अवलोकन गर्नुका साथै एलभिडी ब्राण्डबारे जानकारी लिएकी थिईन् ।

एलभिडी ब्राण्डको यो ११ औं शाखा भएको भट्टराईले बताए । काठमाडौंमा १० वटा शाखा रहेको एलभिडीको राजधानी काठमाडौं बाहिर भने यो नेपालकै पहिलो शाखा भएको उनले जानकारी दिए ।

एलभिडी नेपाली प्रयोगकर्ता केन्द्रीत ब्राण्ड हो । नेपाली प्रयोगकर्तालाई लक्षित गरेर बनाईने गरेको यो ब्राण्ड नेपालीको उचाई, मोटाईसँगै उनीहरुकै रुची र चाहनालाई केन्द्रमा राखेर बनाइएको उनले जानकारी दिए । पोखरा शाखामा गुणस्तरीय पाईन्ट, सर्ट, टि–सर्ट, ज्याकेट, हाफ ज्याकेट, कोट, सुट पाईन्टहरु पाईने सञ्चालक सुनिलबहादुर भट्टराईले जानकारी दिए । खास गरेर जेन्ट्स फोकस सामानहरु पाईन्छ,उनले भने,‘गुणस्तरीय र फेसनेवल एलभिडी ब्राण्डका सामानहरु यहाँ पाईन्छ ।’ उनले दुई हजारदेखि १५/२० हजारसम्म पर्ने टिसर्टदेखि सुटपाईन्टसम्म पाईने बताए । जिन्स पाईन्टहरु ६ हजार रेन्जमा पाईने उनले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।