सन्देश श्रेष्ठ
पोखरा, बैशाख २५
पोखरामा बैशाख अन्तिम साता देशभरीका यातायात व्यवसायी भेला हुने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं महाधिवेशनमा सहभागी हुन देशभरका यातायात व्यवसायी पोखरामा भेला हुने भएका हुन् । महाधिवेशन यहि बैशाख २७ गतेदेखि २९ गतेसम्म हुने शुक्रबार महासंघले पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
पोखरा ईभेन्ट सेन्टरमा हुने महाधिवेशनमा देशका ७७ जिल्लाका २ हजार व्यवसायी सहभागी हुने महासंघ गण्डकी प्रदेश संयोजक केदार पौडेलले जानकरी दिए । उनले भने,‘यात्रुबाहक तथा मालबाहक सवारी साधनका संघ÷समिति÷कम्पनी÷प्रालि÷पर्यटन, सहकारीहरुका ३८७ महासंघ सदस्यहरुका करीब २ हजार प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुँदैछन् ।’
महाधिवेशनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने महासंघका केन्द्रीय सदस्य केशव अधिकारीले जानकारी दिए । उनका अनुसार पहिलो दिन उद्घाटन शत्र चल्नेछ भने दोस्रो दिन बन्दशत्र सञ्चालन हुनेछ । महाधिवेशनको अन्तिम दिन नया नेतृत्व चयन प्रक्रिया हुने उनले बताए ।
महाधिवेशनले नया नीतिसँगै नेतृत्व चयन गर्ने महासंघका सचिव भानुभक्त बरालले जानकारी दिए । उनका अनुसार नया नेतृत्वका लागि अध्यक्षमा दुई बरिष्ठ उपाध्यक्ष सरोज सिटौला र हरिशरण केसीले दाबी गरेका छन् । अर्का बरिष्ठ उपाध्यक्ष ऐनकुमार शाही बरिष्ठ उपाध्यक्षमै दोहोरिने छन् भने वर्तमान गण्डकी प्रदेश संयोजक केदार पौडेल पनि बरिष्ठ उपाध्यक्षका दाबेदार रहेको उनले बताए । त्यस्तै, वर्तमान गण्डकी प्रदेश सचिव योगेन्द्रबहादुर केसीले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् भने वर्तमान केन्द्रीय सचिव भानुभक्त बरालले उपमहासचिवमा दाबी गरेका छन् ।
सातौं महाधिवेशनमा व्यवसायीक नेतृत्व चयन हुने बरिष्ठ उपाध्यक्ष ऐनकुमार शाहीले बताए । उनले भने,‘महाधिवेशनले व्यवसायीक नेतृत्व चयन गर्नेछ भने व्यवसायीकता र व्यवसायीक एकता मूल एजेण्डा बन्नेछ ।’ उनका अनुसार स्वचालित भाडा समायोजनको मुद्धा महाधिवेशनमा उठ्नेछ । सरकारले स्वचालित भाडा समायोजन नगर्दा व्यवसायी मर्कामा परेको भन्दै त्यसका लागि साझा एजेण्डा बन्ने उनको भनाई छ । ‘यातायात क्षेत्र मर्यादित र व्यवसायीक बनाउनु नै हाम्रो जोड रहनेछ’–उनले भने ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख २५ पोखरामा बैशाख अन्तिम साता देशभरीका यातायात व्यवसायी भेला…






