अविश्वासको प्रस्ताव ल्याउनु भन्दा गलहत्याउने प्रयास भइरहेको छ : प्रधानमन्त्री


     एभरेस्ट आवाज    
     फागुन १७ गते २०७७ मा प्रकाशित




प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अविश्वासको प्रस्ताव ल्याएर भन्दा गलहत्याएर निकाल्ने प्रयास भइरहेको बताएका छन् । नेकपा ओली समूहको गण्डकी प्रदेश स्तरिय कार्यकर्ता भेलालाई सोमबार पोखरामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विधि, पद्धती र प्रक्रिया भन्दा बाहिरबाट गलहत्याउने प्रयास भइरहेको बताएका हुन् । तर आफू गलहत्याउँदैमा बाहिर ननिस्कने भन्दै प्रधानमन्त्रीबाट राजिनामा नदिने अडान व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले आफूबिरुद्ध अविश्वासको प्रस्ताव ल्याएर हटाउन चुनौतिसमेत दिए । उनले सक्ने भए कुस्ती खेलेर आफूलाई हटाउनसमेत उनले चुनौति दिए । ‘कमसेकम कुस्तीमा जसले जित्छ, हार्छ भन्ने नियम राखे हुन्थ्यो । त्यो नभएर गलहत्याउने । एउटा नियम त चाहियो नि ! कुस्ती नै खेल्ने हो भनेपनि उहाँहरुलाई आफू बलियो छु भन्ने लाग्छ भने प्रधानमन्त्रीसँग कुस्ती खेलेर जसले जित्छ त्यहि प्रधानमन्त्री हुन्छ भनेर । राम्रै हुन्छ । जो जित्छ त्यहि हुन्छ प्रधानमन्त्री । गलहत्याउने परिपाटी भन्दा त यो कुस्ती कै नियम ठीक छ ।’

प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्रीबाट हट्नुपर्ने स्थिति आए आफ्नो पार्टी प्रतिपक्षमा बस्ने बताए । तर डेढ वर्षपछि भने दुई तिहाई मतसहित सरकारमा आउने उनको भनाई थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।