३३ औं मदन आश्रित स्मृति दिवसको अवसर पारेर पोखरा १६ खोलाखेतमा सरसफाई गरिएको छ ।
नेकपा एमाले पोखरा महानगर कमिटीको आयोजनामा त्यहाँ रहेको मदन आश्रित स्मृति पार्कमा सरसफाईसहित श्रद्धाञ्जली सभा गरिएको वडा कमिटी पोखरा १६ का अध्यक्ष यमनकाजी गुरुङले जानकारी दिए । कार्यक्रममा बोल्दै एमाले सचिव खगराज अधिकारीले एमालेको मुल दर्शन भनेकै जनताको बहुदलिय जनवाद रहेको स्पष्ट पारे । जननेता मदन भण्डारीले प्रतिपादन गरेको सिद्धान्तले नै देश अगाडी बढ्न सक्ने बताउँदै, देशको समृद्धीको आकांक्षा एमाले बाहेक अन्यमा नरहेको बताए । सचिव अधिकारीले निर्वाचनमा पार्टीले ठुलो क्षति व्यहोरेको स्वीकार्दै, यसबाट पाठ सिकेर थप मजबुत र सांगठनिक बन्न कार्यकर्तालाई आग्रह गरे ।
महानगर कमिटीका अध्यक्ष जीवनप्रसाद आचार्यले एमालेका नेता कार्यकर्ता जस्तोसुकै परिस्थितीमा पनि विचलित नभई अगाडी बढ्ने प्रेरणा प्राप्त गरेको बताए । कार्यक्रममा सचिव अधिकारीसहितका नेता कार्यकर्ताले मदन आश्रितको शालिकमा माल्र्यापण समेत गरेका थिए । आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वडा कमितीका अध्यक्ष यमनकाजी गुरुङ र संचालन महानगर कमिटीका सचिव सुशील बस्नेतले गरेका थिए । स्मृति दिवसको अवसर पारेर आइतबार जिल्ला कमिटी कास्कीले विचार गोष्ठीको आयोजना गरेको छ ।
कृष्ण थापा स्मृति हलमा हुने कार्यक्रममा उपाध्यक्ष रघु जि पन्त सहभागि हुने कास्की अध्यक्ष बैनबहादुर क्षेत्री अधिकारीले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २ वैशाखतेह्र वर्षअघि पोखराको न्युरोडमा स्थापना भएको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)…






