पत्रकार महासंघ बागलुङद्धारा निर्वाचन समिति गठन


     एभरेस्ट आवाज    
     फागुन १८ गते २०७७ मा प्रकाशित




नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनलाई केन्द्रित गरेर बागलुङमा निर्वाचन समिति गठन गरिएको छ।

महासंघका शाखा अध्यक्ष दिल शिरीषको अध्यक्षतामा सोमबार बसेको बैठकले अग्रज पत्रकार हिराबहादुर केसीको अध्यक्षतामा ३ सदस्यीय निर्वाचन समिति गठन गरेको हो।

जसको सदस्यमा नेपाल बारका तर्फबाट अधिवत्ता राम शर्मा र जिल्ला अदालतका नायब सुब्बा ऋषिराम रिजाल छन्।

निर्वाचन समिति संयोजक रहेका केसी पत्रकार महासंघका तत्कालीन धौलागिरी शाखाका सचिव समेत हुन्।

पत्रकार महासंघको आगामी चैत्र पहिलो साता निर्वाचन गर्ने अन्तिम तयारी छ।

यसपटक नयाँ संघीय अभ्यासमा पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमा महासंघले निर्वाचन गर्दैछ।

केन्द्र, प्रदेश र जिल्लाको एकैसाथ सबै साधारण सदस्यले मताधिकार प्रयोग गर्न पाउने व्यवस्थासहित निर्वाचन गरिने नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले बताए।

पत्रकार महासंघमा बिधानतः तीन वर्षको कार्यकाल रहन्छ। तर, यस पटक कोरोना महामारी र पत्रकार महासंघ पहिलो पटक केन्द्रीय पार्षद र प्रदेश पार्षदको व्यवस्था खारेज गरेर प्रत्यक्ष निर्वाचन प्रणालीमा गएकाले थप एक वर्ष बितेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।