सगरमाथा आरोही गोरखाकी पूर्णिमा श्रेष्ठले आफ्नै कीर्तिमान तोडेकी छन् ।
‘सतोरी एड्भेञ्चर’को टोलीसँगै श्रेष्ठले छैटौँ पटक सफलतापुर्वक सगरमाथा आरोहण गर्दै आफ्नै किर्तिमान तोड्ेकी हुन् । उनी बुधबार विश्वको सर्वोच्च सगरमाथा शिखरमा पुग्न सफल भएकी छन् ।श्रेष्ठले यसअघि दुई हप्तामा तीनपटक सगरमाथाको आरोहण गर्दै ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा आफ्नो नाम दर्ज गराएकी थिईन् । उनले सन् २०२४ मे महिनामा एउटै याममा १३ दिनमा सर्वाधिक ३ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा पाइला टेकेकी थिईन् ।
आरोही श्रेष्ठले सन् २०२४ मे १२, मे १९ र मे २५ तारिखमा सगरमाथा आरोहण गरेकी थिईन् । फोटो पत्रकारसमेत रहेकी श्रेष्ठ गोरखाको आरुघाट गाउँपालिका आरुटार निवासी हुन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, जेठ ७ गण्डकी प्रदेशको बेरुजु रकम कुल ३ अर्ब नजिक…







