सीताराम र ध्रुव माविमा परिवार नियोजनको अभियान


     एभरेस्ट आवाज    
     जेठ ८ गते २०८३ मा प्रकाशित




नेपाल परिवार नियोजन संघ कास्की शाखाले यौंन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान जारी राखेको छ ।

२४ वटा विद्यालय तथा कलेजमा अभियान संचालन गर्ने लक्ष्य सहित सुरु गरिएको अभियान १६ वटा विद्यालय तथा क्याम्पसमा पुगेको सभापति नवीन सिग्देलले जानकारी दिए । पछिल्लो समय अभियान कास्कीका गाउँपालिकामा केन्द्रीत बनेको छ । संघले कास्कीको मादी गाउँपालिका वडा नं ३ याङ्जाकोट स्थित सीताराम मावि र वडा नं ४ तारकाङस्थित ध्रुव माविमा अभियान संचालन गरेको छ । सीताराम माविमा आयोजित कार्यक्रम मादी गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष विकास गुरुङ र ध्रुव माविमा आयोजित कार्यक्रम मादी गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष शिव प्रसाद सापकोटाले शुभारम्भ गरे ।

कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका बरिष्ठ शाखा प्रवन्धक नव राज तिवारी र कर्मचारी सुरज चौधरीले सहजिकरण गरेका थिए । संघ कास्कीका सभापति नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन बरिष्ठ शाखा प्रवन्धक नव राज तिवारीले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।