सांगीतिक साँझमा ११ लाख संकलन गर्ने गौरी गुरुङ सम्मानित


     एभरेस्ट आवाज    
     जेठ १६ गते २०८३ मा प्रकाशित




धनबहादुर गुरुङ सांगीतिक साँझमा सवैभन्दा बढी रकम संकलन गर्ने गौरी गुरुङलाई नगद सहित सम्मान गरिएको छ ।

तमु गुरुङ कलाकार संघ गण्डकी प्रदेश समितिको आयोजनामा गत चैत्र ८ गते पोखरा रंगशालामा सम्पन्न धनबहादुर गुरुङ सांगीतिक साँझमा तमु९गुरुङ० कलाकार संघ गण्डकी प्रदेश समितिका विदेश विभाग प्रमुख गौरी गुरुङले ११ लाख २० हजार ९ सय ६० रुपैयाँ संकलन गरेकी थिइन ।उनलाई सर्वोत्कृष्ट रकम संकलन गरेबापत संस्थाले नगद २२ हजार २ सय २२ रुपैयाँको थैली सहित कदर पत्रले सम्मान गरेको हो । सम्मानित गुरुङले उक्त रकममा थप २८ हजार थप गरेर ५० हजार २ सय २२ रुपैयाँ कल्याणकारी कोषलाई प्रदान गरेकी छिन ।

तमु कलाकारहरुको हकहित, सहयोग तथा कल्याणका लागि स्थापना गरिएको कल्याणकारी कोषमा सहयोग गर्न पाउदा आफुलाई गर्व लागेको गुरुङले बताइन । सो कार्यक्रमबाट कुल ५६ लाख २४ हजार ४ सय ५८ रुपैयाँ संकलन भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।