सांकेतिक तस्बीर
साउदीबाट आएका एक पुरुषलाई प्रहरीले पहेँलो धातुसहित पक्राउ गरेको छ।
सुनजस्तो देखिने पहेँलो धातुसहित स्याङ्जा चापाकोट–६ का ४२ वर्षीय नगेन्द्रकुमार रानालाई प्रहरीले सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।
हिमालय एयरलाइन्सको विमानबाट साउदीको रियादबाट आएका रानालाई प्रहरीले चेक जाँच गर्दा अवैध रूपमा ल्याएको ३ थान बाला र २ थान औँठी समेत गरी १ सय ६० ग्राम पहेँलो धातु फेला परेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ।
रानालाई आवश्यक अनुसन्धानको लागि विमानस्थल भन्सार कार्यालय गौचरमा राखिएको प्रहरीले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







