पोखरा महानगरपालिकाले ट्याक्टर जोताईको सेवा शुल्क निर्धारण गरेको छ ।
खेती गर्ने समय नजिकिदै आउँदा महानगरपालिकाले एक सुचना जारी गरि महानगरभित्र कृषि कार्यमा प्रयोग हुने ठुलो ट्याक्टर तथा मिनीटिलरको भाडादर कायम गरेको हो ।सार्वजनिक गरिएको भाडादरमा ठुलो ट्याक्टर प्रति ३० मिनेट भन्दा माथि भएमा घण्टा ३ हजार ४ सय र ३० मिनेट भन्दा कम संचालन भएको खण्डमा प्रति मिनेट ६० रुपैयाँ कायम गरिएको छ । त्यस्तै मिनीटिलरको प्रयोगमा भने दुई थरी दर कायम गरिएको छ । अनुदान प्राप्त भएका प्रतिघण्टा ९ सय र व्यक्तिगत लगानीमा संचालन भएको मिनीटिलरमा प्रतिघण्टा १ हजार २० रुपैंया निर्धारण गरिएको छ ।
उक्त मुल्य सोमबारबाट नै लागु गरिएको छ । कृषि मेसिनरीको भाडादरमा एक रुपता ल्याउन, कृषकलाई सुलभ दरमा सेवा उपलब्ध गराउन र उत्पादनमा लाग्ने लागत घटाउन यस्तो निर्णय गरिएको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । सोमबार बसेको महानगरपालिका यातायात व्यवस्थापन समिति, कृषि संजाल र सरोकारवाला बिचको छलफलले भाडादर लागु गरिएको कडरियाले बताए ।सो दरमा ईन्धन मुल्यमा हुने घटबढ र फेरबदलका आधारमा नियमानुसार समायोजन हुने बताईएको छ ।
महानगरले तोकिएको दर भन्दा बढी शुल्क असुली कृषकलाई मर्कामा पारेको पाईएमा स्थानीय ऐन अनुसार वडा कार्यालयले तत्काल कारवार्ही गर्न सक्ने जनाएको छ ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


फेवा डुंगा व्यवसायी संगठनको आयोजनामा फेवातालमा तेश्रो संस्करणको पुरुष तथा महिला खुला…







