किड्जी प्रि स्कूल पोखराको समुद्घाटन तथा कार्निभल प्रोग्राम सम्पन्न


     एभरेस्ट आवाज    
     जेठ १७ गते २०८३ मा प्रकाशित




पोखरा । किड्जी प्रि स्कूल पोखरा शाखाको समुद्घाटन तथा कार्निभल कार्यक्रम शनिबार पोखरा महानगरपालिका–१६ तल्लो दिपमा सम्पन्न भएको छ। कार्यक्रममा अभिभावक, शिक्षा क्षेत्रका व्यक्तित्व, जनप्रतिनिधि, समाजसेवी तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

किड्जी प्रि स्कूल पोखरा व्यवस्थापन समितिका अध्यक्ष मे. दिलबहादुर गुरुङको अध्यक्षतामा भएको समुद्घाटन समारोहमा प्रमुख अतिथि नेपाल क्रिकेट टोलीका पूर्व कप्तान Cricket Association of Nepal का सचिव एवं किड्जी नेपालका ब्राण्ड एम्बेसेडर पारस खड्का रहनुभएको थियो। विशेष अतिथिका रूपमा KidZee Nepal का प्रमुख गोविन्द घिरैया र अतिथिको रुपमा शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख उपसचिब लोकनाथ आचार्य सहभागी हुनुभएको थियो।
संचारकर्मि दीपेन्द्र श्रेष्ठले उद्घोषण गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रिन्सिपल अनेश गुरुङले राख्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि पारस खड्काले दीप प्रज्वलन गरी विद्यालयको औपचारिक समुद्घाटन गर्नुभएको थियो। प्रमुख अतिथि किड्जी प्रि स्कूलका ब्राण्ड एम्बेसेडेर खड्काले प्रारम्भिक बाल शिक्षालाई केवल विद्यालय तयारी नभई जीवन उपयोगी सीप विकाससँग जोड्नुपर्नेमा जोड दिएका थिए। उहाँले किड्जी आन्य भन्दा फरक अवधारणाका साथ अघि बढेको बताउनु भएको थियो ।
कार्यक्रममा “I Am So Happy” गीतमा विद्यार्थीहरू अनिभ गुरुङ, सुजाता कार्की, क्रिजल गुरुङ, आर्सा बिष्ट, ईर्साङ गुरुङ तथा अरिस गुरुङले नृत्य प्रस्तुत गरेका थिए। साथै शिक्षिकाहरू अनिशा बिष्ट, बिनिता आचार्य तथा वृन्दा तिमिल्सिनाले “ गरें हल्का निहुरेर” गीतमा नृत्य प्रस्तुत गरेको कोअर्डिनेटर श्रृष्टि बज्राचार्य गुरुङले बताउनु भयो ।

कार्यक्रममा KidZee Nepal का प्रमुख गोविन्द घिरैयाले KidZee को “Péntemind” early childhood learning framework सम्बन्धी प्रस्तुति दिनुभएको थियो। उहाँले Play-based learning, Activity-based learning, Storytelling, Sensory activities तथा Child-centric approach मार्फत बालबालिकाको cognitive, language, physical, socio-emotional तथा creative development मा केन्द्रित शिक्षण प्रणालीबारे जानकारी गराउनुभएको थियो।
कार्यक्रममा traditional rote learning भन्दा child-centered तथा experience-based learning प्रणालीको आवश्यकता औँल्याइएको थियो।

कार्यक्रममा lucky lottery, खेलकुद तथा मनोरञ्जनात्मक गतिविधिहरू, organic fruits stall, food stalls तथा विभिन्न carnival activities समेत सञ्चालन गरिएको थियो। सहभागी बालबालिकाहरूका लागि basket ball game, dart game, spoon race, balloon race, hit the glass लगायतका खेल तथा पुरस्कार वितरण कार्यक्रमले विशेष आकर्षण थपेको संस्थापक मिनाकुमारी गुरुङले जानकारी दिनु भयो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।