गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखरामा अनुसन्धान प्रस्तावना लेखनसम्बन्धी दुईदिने कार्यशाला गोष्ठी आईतबार सम्पन्न भएको छ ।
व्यवस्थापन संकायअन्तर्गत एमबीएस चौथो तहमा अध्ययनरत विद्यार्थीहरूको अनुसन्धान क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको गोष्ठीमा अनुसन्धान व्यवस्थापन समितिका संयोजक मोहन भण्डारीले गुणस्तरीय उच्च शिक्षाका लागि अनुसन्धान संस्कृतिको विकास अपरिहार्य रहेको उल्लेख गर्दै विद्यार्थीहरूलाई अनुसन्धानमूलक अध्ययनमा सक्रिय सहभागिता गराउन्ु आजको आवश्यकता बनेको बताए । उनले आगामी दिनमा यस कार्यक्रमलाई अझ सशक्त ढंगबाट निरन्तरता दिदै जाने जानकारी दिए । अनुसन्धान व्यवस्थापन समिति सदस्य सुरेन्द्र कार्कीले अनुसन्धानको विषय छनोट, समस्या पहिचान तथा प्रस्तावना लेखनका प्राविधिक पक्षबारेको गहन अध्ययनले मात्रै अनुसन्धान प्रभावकारी बन्ने बताउँदै समयको उचित व्यवस्थापन गर्न अपरिहार्य रहेको बताए ।
दोस्रो दिनको सेसनमा पृथ्वी नारायण क्याम्पसका उपप्राध्यापक एवं अनुसन्धान विज्ञ रेशमलाल पौडेलले अनुसन्धान पद्धति सम्बन्धी सहजीकरण गर्नुहुदै अनुसन्धान प्रक्रियामा अपनाइने विधि, तथ्याङ्क सङ्कलनका तरिका तथा विश्लेषणका आधारभूत पक्षबारे जानकारी गराएका थिए । उनले गुणस्तरीय अनुसन्धानका लागि उपयुक्त अनुसन्धान डिजाइन तथा नमुना छनोटको महत्वबारे प्रकाश पार्दै अनुसन्धानलाई व्यवस्थित, विश्वसनीय र वैज्ञानिक बनाउन अनुसन्धान पद्धतिको भूमिका महत्वपूर्ण रहने बताए । पहिलो दिन प्रस्तावना लेखन विषय छनोट, समस्या पहिचान तथा प्रस्तावना लेखनका प्राविधिक पक्षमा रहेर बृहत छलफल गरिएको थियो ।कार्यशालामा सहभागी विद्यार्थीहरूको तर्फबाट आफ्नो अनुभव राख्दै सफल देवकोटाले यस्ता कार्यक्रमले अनुसन्धानप्रति विद्यार्थीहरूको रुचि र क्षमता विकासमा महत्वपूर्ण योगदान पुगेको बताए ।
२० जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको सो दुईदिने कार्यशाला गोष्ठीमा अनुसन्धानसम्बन्धी विविध विषयमा अनुसन्धान व्यवस्थापन समिति संयोजक भण्डारी, एमबीएस कार्यक्रम संयोजक राजकुमार सुवेदी, अनुसन्धान व्यवस्थापन समिति सदस्य कार्की, तथा उपप्राध्यापक सन्तोष भण्डारीले सहजीकरण गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, जेठ १७ पोखराको फिर्केखोलामा बनेका संरचना हटाउने अभियान सम्पन्न भएको…







