तनहुँको म्याग्दे गाउँपालिकाले एकल महिलालाई रातो टिका र पछ्यौरा उपहार दिएर सम्मान गर्दै


     एभरेस्ट आवाज    
     फागुन १९ गते २०७७ मा प्रकाशित




फाइल तस्बीर

तनहुँको म्याग्दे गाउँपालिकाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा गाउँपालिकाका एकल महिलाहरुलाई रातो टिका र पछ्यौरा उपहार दिएर सम्मान गर्ने भएको छ।

मार्च ८ अर्थात फागुन २४ गते मनाइने दिवस तयारी बैठकले उक्त निर्णय गरेको हो।

यस्तै, दिवसका अवसरमा गाउँपालिकाले यही फागुन २१, २२ र २३ गते माध्यमिक तह स्तरीय छात्रा फुटबल प्रतियोगिता गर्ने भएको छ। त्यस्तै, फागुन २४ गते एकल महिलालाई सम्मान गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष मायादेवी रानाले जानकारी दिइन्।

दिवस तयारी बैठकमा प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारीले अन्यत्रभन्दा फरक र प्रभावकारी कार्यक्रम गर्नेगरी दिवस मनाउने तयारी गरिएको बताए।

त्यस्तै, गाउँपालिकास्तरीय मावि छात्रा फुटबल प्रतियोगितामा प्रथमलाई १० हजार, द्धितीयलाई ८ हजार र तृतीयलाई ५ हजार रुपैयाँ नगद, ट्रफी, मेडलद्वारा पुरस्कृत गर्ने गाउँपालिकाले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।