पोखरा, जेठ १९
गण्डकी प्रदेश सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने नीति अवलम्वन गर्ने भएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम वाचन गर्दै गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेशका सार्वजनिक सवारी साधनलाई विद्युतीय सवारी साधनमा रुपान्तरण गर्ने नीति लिने बताएका हुन् । त्यसका लागि प्रदेश सरकारले प्रोत्साहन गर्ने उनले उल्लेख गरे ।
नीति तथा कार्यक्रम वाचन गर्दै भट्टले भने,‘सार्वजनिक सवारी साधनलाई क्रमशः विद्युतीय सवारीसाधनमा रुपान्तरण गर्न विशेष प्रोत्साहन गरिनेछ । पोखरामा सञ्चालित सार्वजनिक यातायात सेवालाई महानगरपालिकासँगको साझेदारीमा विद्यतुतीय सार्वजनिक सवारी सञ्चालन कार्य अगाडि बढाईनेछ ।’
त्यस्तै, सार्वजनिक यातायात क्षेत्रको गुणस्तर अभिवृद्धिका लागि यात्रु चाप र आवश्यक्ताका आधारमा महत्वपूर्ण स्थानका बसपार्क स्तरोन्नती गर्ने नीति लिईने पनि उनले उल्लेख गरे ।
साथै राईड सेयरिङ सेवा नियमन र व्यवस्थापन नियमावली कार्यान्वयन गर्ने उनले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, जेठ १९ गण्डकी प्रदेश सरकारले कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकतामा…







