शुक्लागण्डकी नगरपालिकाद्वारा ६५१ जनालाई अपाङ्गता परिचयपत्र वितरण


     एभरेस्ट आवाज    
     फागुन १९ गते २०७७ मा प्रकाशित




तस्बीरः एजेन्सी

तनहुँको शुक्लागण्डकी नगरपालिकाले आइतबार १३ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ।

नगरपालिकामा भएको एकदिने परिचयपत्र वितरण शिविरमा ‘क’ वर्गको ३ जनालाई, ‘ख’ वर्गको ६ जनालाई, ‘ग’ वर्गको ३ जना र ‘घ’ वर्गको १ जनालाई परीचयपत्र वितरण गरेको हो।

योसँगै शुक्लागण्डकीमा ६ सय ५१ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको सामाजिक बिकास शाखाले जनाएको छ। त्यसैगरि, योसँगै १ सय ६० जनालाई ‘क’, २ सय ६५ जनालाई ‘ख’, १ सय ४४ जनलाई ‘ग’ र ८२ जनालाई ‘घ’ वर्गको परीचयपत्र वितरण गरिएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।