वातावरण दिवसको अवसरमा स्टेप बाई स्टेप मा.विमा विविध कार्यक्रम


     एभरेस्ट आवाज    
     जेठ २२ गते २०८३ मा प्रकाशित




पोखराको मासबारमा रहेको स्टेप बाई स्टेप मा.विले विश्व वातावरण दिवसको अवसरमा सचेतना ¥याली र सरसफाइ कार्यक्रम गरेकोे छ ।

कार्यक्रम विद्यालयमा क्रियाशील ग्रो सर्कल, क्वालिटी सर्कल र युवा रेडक्रसले संयुक्त रुपमा आयोजना गरेका थिए । ब्यानर र प्ले कार्डसहित कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरू सहभागी रहेको सचेतना ¥याली मालेपाटन र मासबारका विभिन्न स्थानहरुमा घुमी विद्यालयमा फर्केको थियो । विद्यालय परिसर र विद्यालय वरपरि सरसफाइ गरिएको थियो । विद्यार्थीहरूले विद्यालय प्राङ्गणमा विभिन्न जातका पूmलका विरुवाहरू रोपेका थिए । कार्यक्रममा विद्यालयका संस्थापक निर्देशक रमाकान्त बरालले वातावरण संरक्षणमा सचेतना बढाउन सहयोग पुग्ने महत्वपूर्ण कार्यक्रम आयोजना गरेकामा आयोजक सर्कलहरुलाई धन्यवाद दिए । उनले विद्यार्थीलाई वातावरण संरक्षण गर्ने जिम्मेवारी हामी सबैको भएकाले घर, घरवरपर र विद्यालय सफा राख्न र वृक्षारोपन गर्न आफ्नो ठाउँबाट क्रियाशील हुनका लागि सुझाव दिए ।

कार्यक्रममा विद्यालयका संयोजक सूर्यप्रसाद लम्साले केबल मानिसले मात्र वातावरण प्रदूषण गर्ने भएकाले प्रदूषण रोक्न र वातावरण संरक्षण गर्न पनि मानिस नै लाग्नुपर्ने बताए । कार्यक्रममा ग्रो सर्कलका उपाध्यक्ष राजवीर जैसवालले वातावरण सम्पूर्ण प्राणीको जीवन भएकाले यसको संरक्षण गर्नु सबैको कर्तव्य रहेको बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।