लेखनाथ उद्योग बाणिज्य संघले सहकारीको क्षेत्रका देखिएका विद्यामान समस्या र सहकारी अध्यादेशका बारेमा प्रशिक्षण दिएको छ ।
लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा आयोजनामा भएको सो कार्यक्रममा सहकारी तथा वित्तिय संघ संस्था समन्वय उपसमितिका संयोजक कृष्ण प्रसाद तिमिल्सेनाले स्वागत मन्तव्य राखेका थिए । राष्ट्रिय सहकारी नियमन प्राधिकरणका निवर्तमान विज्ञ सदस्य डा. रमेश चौलागाईले सरकारले ल्याएको अध्यादेशलाई पुर्ण रुपमा कायान्वय गर्ने हो भने अव सहकारीको क्षेत्रमा समस्या नआउने विश्बास दिलाएका थिए ।साथै उनले विगतमा केही जाना जान त केही अन्जानमा सहकारी समस्यमा परेपनि अवका दिनमा त्यस खालका समस्या नआउन भन्नाको खातीर अध्यादेश आएकाले आगामी दिनमा समस्या नदोहोरिन गरि काम गर्न पनि अनुरोध गरे ।
सहकारीलाई सरकारको तर्फबाट उचित तरिकाले नियम्वन नगर्दा, नातावाद, राजनितीक पौच र निती भन्दा पनि ब्यवहारीक पक्षलाई ध्यानमा दिएर काम गर्दा समस्या उत्पन्न भएकाले यसको निराकरण गर्न सकियो भने सहकारीमा समस्या नआउने प्रशिक्षक चौलागाइएको भनाई थियो । संघको कार्यक्षेत्र भित्र रहेका सहकारीका अध्यक्ष, सचिव, ऋण संयोजक र ब्यवस्थापकहरुका विच भएको प्रशिक्षण कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघकी अध्यक्ष जानुका पराजुली अधिकारी, बरिष्ठ उपाध्यक्ष गोपिचन्द्र वास्तोला, महासचिव भरतराज ओझा र सहकारी समन्वय उपसमितिका संयोजक कृष्ण प्रसाद तिमिल्सेना लगाएतले आ आफनो धारणा राखेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि संघीय संसद्मा…







