वक्तृत्वकलाको उपबिजेता सम्ब्रिनालाई विद्यालयको सम्मान


     एभरेस्ट आवाज    
     जेठ २६ गते २०८३ मा प्रकाशित




पोखरा, जेठ २६

पोखराको हिमाल कलेज अफ म्यानेजमेन्ट एण्ड डायनामिक एकेडेमीले वक्तृत्वकलामा प्रथम हुने विद्यार्थीलाई सम्मान गरेको छ । नेसनल प्याब्सनद्वारा आयोजित मा.वि. तह वक्तृत्वकला प्रतियोगिता–२०८३ मा द्वितीय स्थान हासिल गरेकी सम्ब्रिना राईलाई विद्यालयले सम्मान गरेको हो ।

कार्यक्रममा विद्यालयका प्राचार्य हरि कार्कीलगायतले मायाको चिनो प्रदान गरेर सम्मान गरेको विद्यालयका सुपरभाईजर रोहनजंग कार्कीले जानकारी दिए । कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य कार्कीले सम्ब्रिना विद्यालयको मेधावी छात्रा रहेको र उनको उपलब्धीले विद्यालय परिवारलाई गौरवान्वित बनाएको बताएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।