फोहर व्यवस्थापनका लागि हेल्प नेपालको सहयोग


     एभरेस्ट आवाज    
     जेठ २७ गते २०८३ मा प्रकाशित




तेन्जिङ एण्ड डोल्मा हेल्प नेपाल नामक संस्थाले पोखरा १९ घार्मीका बिभिन्न संस्थालाई सरसफाईजन्य सामाग्री वितरण गरेको छ ।

स्वाभिमान टोल विकास संस्था प्लास्टिक जन्य वातावरण अभियान, पोखरा १६ को समन्वयमा संस्थाले घार्मीका भुमेश्वर आधारभुत विद्यालय, ओमकारेश्वर महादेव मन्दिर र गायत्री आधारभुत विद्यालयलाई फोहर व्यवस्थापनका लागि आवश्यक पर्ने सामाग्री हस्तान्तरण गरेको हो । संस्थाले फोहर संकलनमा प्रयोग गरिने प्लाष्टिक, डस्टविन, डस्ट प्यान, पञ्जा, मास्कलगायतका सामाग्री हस्तान्तरण गरेको जनाएको छ ।स्वाभिमान टोल विकास संस्था एवं प्लास्टिक जन्य फोहोर व्यवस्थापन समितिका संयोजक श्यामसुन्दर आचार्यले सो सामाग्री भुमेश्वर आधारभुत विद्यालयका प्रधानाध्यापक भरतराज पौडेल, ओमकारेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढुण्डिराज पौडेल र गायत्री आधारभुत विद्यालयका सल्लाहकार बलराम पौडेललाई हस्तान्तरण गरे ।सोही अवसरमा फोहर संकलनका लागि स्थापना गरिएको भवनको चाँवी पनि त्यस क्षेत्रका टोल विकास समितिलाई हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।

कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले वातावरणको सरसफाई विना मानव जीवन स्वस्थ बन्न नसक्ने बताए । उनले सामाजिक कार्यसँगसँगै वातावरण जोगाउन तर्फ सामाजिक संघ संस्था र टोल विकास समिति क्रियाशिल हुनुपर्नेमा जोड दिए । वडा नम्बर १९ का जनप्रतिनिधि कल्पना सुनार, दुर्गादेवी बस्नेत,समाजसेवी बलराम पौडेल,ढुण्डिराज पौडेललगायतले वातावरण संरक्षणका क्षेत्रमा संस्थाले पुर्याएको योगदानको चर्चा गरेका थिए । विद्यालयका छात्रछात्राहरूलाई व्यवस्थापन सम्बन्धी जनचेतना अभियान कार्यक्रम सञ्चालन गरियो।

व्यवस्थापन समितिका संयोजक श्यामसुन्दर आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको संचालन स्वाभिमान टोल विकास संस्थाका सचिव बोधराज आचार्यले गरेका थिए । त्यस अवसरमा विद्यालयका छात्र छात्राहरूलाई फोहरजन्य वस्तुको उचित व्यवस्थापन सम्बन्धी प्रशिक्षण दिईएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।