परराष्ट्रमन्त्री शिशिर खनालले चीनको चारदिने औपचारिक भ्रमण गर्ने भएका छन् ।
चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा यही जेठ ३१ गते परराष्ट्रमन्त्री खनाल बेइजिङतर्फ प्रस्थान गर्ने छन् । र्नुहुने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल–चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता हुने छ । साथै उनले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने छन् ।
मुलुकमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनाका साथै चिनियाँ उद्यमी व्यवसायीसँग पनि उनले छलफल गर्ने कार्यक्रम छ । परराष्ट्रमन्त्री खनालको सम्मानमा उक्त दूतावासले एक स्वागत समारोह आयोजना गर्नेछ । समारोहमा उनले नेपाली समुदायसँग अन्तरक्रिया गर्ने मन्त्रालयले जनाएको छ ।
भ्रमण सकेर मन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किर्ने कार्यतालिका छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, मासबारस्थित स्टेप वाई स्टेप मा. विमा अन्तरसदनात्मक अङ्गे्रजी हिज्जे प्रतियोगिता सम्पन्न…







