शेर्पा समाजको रक्तदान, ४० युनिट रगत संकलन


     एभरेस्ट आवाज    
     जेठ ३० गते २०८३ मा प्रकाशित




शेर्पा समाज पोखराले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ४० युनिट रगत संकलन भएको छ ।

सागादावाको अवसरमा शनिबार पोखरा महानगरपालिका–७, पुरानो विमानस्थल अगाडि रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दैपोखरा ७ का वडाध्यक्ष राममोहन आचार्यले सागादावालाई केवल धार्मिक पर्वका रूपमा मात्र नभई सामाजिक उत्तरदायित्वको प्रतीकका रूपमा मनाउनुपर्ने बताए । उनले रक्तदान कार्यक्रममार्फत मानव सेवा, सहयोग र परोपकारको सन्देश प्रवाह भएको बताए ।

कार्यक्रममा सुन्दरमार्ग टोल विकास संस्थाका अध्यक्ष तुलबहादुर गुरुङ, पूर्वाञ्चल सेवा समाज कास्कीका अध्यक्ष बालकुमार लुइटेल, सन्दर्भ टोल विकास संस्थाका सल्लाहकार एवं अधिवक्ता रघुनाथ अधिकारी तथा समाजका कानुनी सल्लाहकार केशवराज बराललगायतले रक्तदान गर्नु पुण्यको कर्म भएकाले सबैले रक्तदान गरे रगत अभावमा कसैले पनि ज्यान गुमाउनुपर्ने अवस्था नआउने बताएका थिए ।

समाजका अध्यक्ष राजेश शेर्पाले रक्तदान कार्यक्रममा सहभागी भएका रक्तदाता, स्वयंसेवक, स्वास्थ्यकर्मी तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रम सञ्चालन समाजका सचिव दावा शेर्पाले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।