पोखरा । गायक ओसिस थापाले पहिलो पटक पोखरामा प्रस्तुती दिने भएका छन् ।
पोखरा नर्थ लेकसाइड स्थित खपौदीमा रहेको द टुरिष्ट रोड विष्ट्रोमा शुक्रबार (मार्च ५ तारिख ) उनले आफ्नो सांगितिक प्रस्तुती राख्ने भएका हुन् ।
पछिल्लो समय युवाहरुले अत्याधिक रुचाएका रहेका गायक थापा युट्युव र टिकटकमा चर्चित छन् ।
संचालक अर्जुन सुवेदीका अनुसार निशुल्क प्रवेशको व्यबस्था गरिएको छ ।
साँझ ६ देखी १० हुने कार्यक्रमको सुरुवातमा पोखराको व्याण्ड क्रेजी व्रदर्सले प्रस्तुती राख्नेछ ।
कार्यक्रमको मुख्य प्रयोजक टुवोर्ग वियर , सह प्रयोजकमा क्यान्भास वाइन रहेका छन् ।
नर्थ लेकसाइडमा रहेको टुरिष्ट रोडले ग्राहकहरुलाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा–१४ काजीपोखरीस्थित कालिका बहुमुखी क्याम्पसमा छात्राहरूका लागि ‘आत्मरक्षा’ सम्बन्धी एकदिने…






