नेपाली कांग्रेसनिकट तरुण दलका युवा नेता अनिल बस्नेतलाई मातृशोक परेको छ ।
बस्नेतका ममतामयी आमा पोखरा १६, महेन्द्र गुफा निवासी सावित्री बस्नेतको बुधबार निधन भएको हो । ६३ बर्षिया बस्नेतको काठमाण्डौंको ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको र उनको धार्मिक परम्परा अनुसार शुक्रबार बिहान अन्त्येष्टि गरिएको छ । लामाचौरको शिवालयस्थित गोस्तेघाटमा अन्त्येष्टि गरिएको छ । स्वर्गीय बस्नेतको पार्थिव शरिरमा छोरा अनिल,सुनिल र सन्तोष बस्नेतले दागबत्ती दिएका थिए । त्यस अघि महेन्द्र गुफादेखि गोस्तेघाटसम्म शवयात्रा गरिएको थियो । सो क्रममा नेपाली कांग्रेसका नेता विन्दुकुमार थापा, मनोज गुरुङ, कांग्रेस कास्कीका सचिव भानु ढकाल,कोशी प्रदेशका पुर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी,रास्वपाका नेता कुमार खड्का, पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सीनालगायतले श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
सामाजिक तथा धार्मिक कार्यमा सक्रिय बस्नेतले त्यस क्षेत्रमा महिला सशक्तिकरण, शैक्षिक तथा धार्मिक गतिविधीमा योगदान पुर्याएकी थिईन् । उनको निधनले यस क्षेत्रमा अपुरणीय क्षति पुगेको स्थानीयले बताएका छन् । स्वर्गीय बस्नेतका श्रीमान लक्षु बस्नेत, छोराहरु अनिल, सुनिल र सन्तोष बस्नेत तथा छोरी अनिता बस्नेत केसी छन् । जेठा छोरा अनिल, नेपाल तरुण दलको केन्द्रिय उद्योग, व्यवसाय प्रर्वद्धन विभाग, क्षत्री समाज कास्की युवा समितिका वरिष्ठ उपाध्यक्ष, गुफा क्षेत्र संरक्षण तथा सामुदायिक विकास संस्थाका अध्यक्षसहित बिभिन्न सामाजिक संघ संस्थामा आवद्ध छन् ।
बस्नेतको निधनप्रति नेपाली कांग्रेस वडा इकाई समिति, पोखरा १६ नेपाल तरुण दल इकाई समिति, क्षेत्री समाज पोखरा १६ कमिटी, हिमालय क्लवले शोक व्यक्त गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर…







