सन्देश श्रेष्ठ
पोखरा, असार १४
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को गण्डकी प्रदेश स्तरीय एकता बैठक असार १७ गते बुधबार हुने भएको छ । तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच भएको एकतापछि नेकपाको एकता बैठक तथा प्रशिक्षण कार्यक्रम हुन लागेको हो । कार्यक्रम बुधबार पोखरा जिरोकिलोमिटरस्थित गोल्डेन हाउस पार्टी प्यालेसमा हुने नेकपाका गण्डकी प्रदेश सह–संयोजक गायत्री गुरुङ (कुसुम)ले जानकारी दिईन् । कार्यक्रम विहान ११ बजे शुरु हुने उनले बताईन् ।
एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई नेकपा संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) र सह–संयोजक माधवकुमार नेपाललगायतले सम्बोधन गर्ने भएका छन् । सम्बोधनका लागि प्रचण्ड र माधव सोहि दिन विहान हवाई मार्गबाट पोखरा आउने तालिका तय भएको गण्डकी सह–संयोजक गुरुङले जानकारी दिईन् ।
कार्यक्रममा गण्डकी ईञ्चार्ज देवेन्द्र पौडेल, सह–ईञ्चार्ज त्रय हरि अधिकार (कुमार), श्रीनाथ बराल र अम्रिता थापा मगर, प्रदेश संयोजक कृष्ण नेपालीलगायत पनि सहभागी हुने जनाइएको छ ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरुसहित सल्लाहकारहरु, केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्चका सदस्यहरु, केन्द्रीय विभागका सदस्यहरु, एकता पूर्वका दुबै पार्टीका गण्डकी प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरु, केन्द्रीय आयोग तथा निकायका सदस्यहरु, जिल्ला ईञ्चार्ज तथा सह–ईञ्चार्जहरु, जिल्ला संयोजक तथा सह–संयोजक, गण्डकी प्रदेशका ११ वटै जिल्लाका दुबै पार्टीका पूर्व पदाधिकारीहरुसहित करीब ७ सय जना सहभागी हुने सह–संयोजक गुरुङले जानकारी दिईन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असार १४कास्कीको मादी गाउँपालिकामा आयोजित सार्वजनिक सुनुवाइमा स्थानीय बासिन्दाले सबैभन्दा बढी…






