पोखरा, असार १९ – एलजी इलेक्ट्रोनिक्सले नेपाली उपभोक्ताको आवश्यकता र जीवनशैलीलाई लक्षित गर्दै ‘एलजी एसेन्सियल सिरिज’ अन्तर्गतका नयाँ घरेलु उपकरण सार्वजनिक गरेको छ। कम्पनीले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा पोखरामा आयोजित विशेष कार्यक्रममा उक्त उत्पादन शृंखलाको औपचारिक अनावरण गरेको हो। कार्यक्रममा कम्पनीका जनरल म्यानेजर सन्देश भुर्तेल, जीको पोखराका लागि आधिकारिक विक्रेता न्यू साण्ड एण्ड भिजनका सञ्चालक मनोहर श्रेष्ठ, डेपुटी जनरल म्यानेजर सचिन गुप्ता लगायतले अनावरण गरेका थिए।
‘हरेक घरको खुसी, घर–घरमा एलजी’ अभियानअन्तर्गत सार्वजनिक गरिएको नयाँ शृंखलामा आधुनिक प्रविधि, उच्च कार्यक्षमता, टिकाउपन र किफायती मूल्यलाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ। नेपाली परिवारको दैनिक आवश्यकता तथा स्थानीय वातावरणलाई ध्यानमा राखेर उत्पादनहरू डिजाइन गरिएको कम्पनीका डेपुटी जनरल म्यानेजर सचिन गुप्ताले जानकारी दिए।
एलजी एसेन्सियल सिरिजअन्तर्गत नेपाली बजारका लागि डबल–डोर रेफ्रिजरेटर, फुल्ली अटोमेटिक टप–लोड वासिङ मेसिन तथा रुम एयर कन्डिसनर सिरिजमा आएको कम्पनीका सहायक जनरल म्यानेजर सन्देश भुर्तेलले जानकारी दिए।
उनका अनुसार नयाँ डबल–डोर रेफ्रिजरेटरमा फ्रस्ट–फ्री टेक्नोलोजी समावेश गरिएको छ, जसले म्यानुअल डिफ्रोस्टको आवश्यकता हटाउँछ। यसमा रहेको स्मार्ट मोड सुविधाले मौसमअनुसार स्वतः सञ्चालन व्यवस्थापन गर्नेछ भने अघिल्ला मोडेलको तुलनामा १० प्रतिशत बढी तरकारी भण्डारण क्षमता उपलब्ध गराउने जनाइएको छ। उनले भने, ‘उत्कृष्ट गुणस्तर र सन्तुष्टि प्राप्त गर्ने विश्वास लिएका छौं।’
त्यसैगरी, फुल्ली अटोमेटिक टप–लोड वासिङ मेसिनमा प्रोशिल्ड मोटर, बीएमसी कभर, आईपीएक्स–४ प्रमाणित वाटर–रेसिस्टेन्ट कन्ट्रोल प्यानल तथा लो–प्रेसर फिल टेक्नोलोजी जस्ता सुविधा समावेश गरिएको छ। कम पानीको चापमा पनि प्रभावकारी रूपमा कपडा धुन सकिने भुर्तेलले बताए ।
नयाँ रुम एयर कन्डिसनरमा ऊर्जा–दक्ष प्रविधि प्रयोग गरिएको छ। यसले प्रभावकारी कुलिङ र हिटिङ सुविधा प्रदान गर्नुका साथै परम्परागत नन–इनभर्टर एसीको तुलनामा कम विद्युत् खपत गर्ने कम्पनीले जनाएको छ। वातावरणमैत्री आर–३२ रेफ्रिजरेन्ट र न्यून ध्वनि सञ्चालन प्रणालीका कारण प्रयोगकर्ताले थप सहज अनुभव पाउने उनको दाबी छ ।
एलजी एसेन्सियल सिरिजका उत्पादनहरू नेपालभर जुन २०२६ देखि बिक्री वितरण सुरु गरिएको कम्पनीले जनाएको छ। प्रारम्भिक मोडेलको मूल्य करिब ४९ हजार ६९० रुपैयाँबाट सुरु हुने बताइएको छ। यी उत्पादनहरू देशभर रहेका आधिकारिक एलजी ब्रान्ड शप, मल्टि–ब्रान्ड रिटेल आउटलेट तथा प्रमुख ई–कमर्स प्लेटफर्ममार्फत उपलब्ध हुनेछन्।
सीजी कर्प ग्लोबलअन्तर्गत रहेको सीजी इलेक्ट्रोनिक्स नेपालमा एलजी उत्पादनहरूको आधिकारिक वितरक हो। कम्पनीले एलजी इलेक्ट्रोनिक्स सिङ्गापुरसँग चार दशकभन्दा लामो सहकार्य गर्दै नेपालमा एलजीलाई अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्डका रूपमा स्थापित गर्न योगदान पुर्याउँदै आएको जनाएको छ। कार्यक्रममा स्वागत मन्तव्य राख्दै कम्पनीका गण्डकी प्रदेश एरिया म्यानेजर सुनिल न्यौपानेले नयाँ सिरिजले आम उपभोक्ताको मन जित्न सक्ने विश्वास व्यक्त गरे।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा,१९ असार । पोखरामा शुक्रबार आयोजना भएको रोजगार मेलामा जागिरमा भाग्य अज्माउनेहरुको…






