जिल्ला प्रहरी कार्यालय तनहुँले ज्यान मुद्दाका फरार प्रतिवादी सहित प्रहरीले १३ जनालाई पक्राउ गरेको छ।
विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजी गर्ने अभियान अन्तरगत उनीहरुलाई पक्राउ गरिएको तनहुँ प्रहरीले जनाएको छ।
तनहुँ प्रहरीले कर्तव्य ज्यान मुद्दामा बिगत २७ बर्षे देखी फरार रहेका तनहुँ भानु–१० बस्ने बर्ष ५२ को कुमार पन्थ भन्ने कुमार देव पन्त उपर तनहुँ जिल्ला अदालतको वि.सं. २०५५ असार ३ गतेको फैसलाले १५ महिना कैद सजाय तोकिएकोमा उक्त कैद भुक्तान नगरी हालसम्म फरार रहेकाले पक्राउ गरिएको छ।
प्रहरीले नाता कायम मुद्दामा फरार २ जना, सम्बन्ध बिच्छेद मुद्दामा फरार ४ जना, लेनदेन मुद्दामा फरार २ जना, हातहतियार मुद्दामा फरार १ जना, कर्तव्य ज्यान मुद्दामा फरार १ जना र सवारी ज्यान मुद्दामा फरार १ जना गरी जम्मा १३ जनालाई जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी इकाई कार्यालयहरुबाट पक्राउ गरेको हो।
पक्राउ परेकाहरुबाट तोकिएको २१ बर्ष ५ महिना कैद र २ हजार १ सय ८० रुपैयाँ जरिवाना भुक्तानका लागि तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको बताइएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







