पोखराको विरौटामा सञ्चालित मैनबत्ती बनाउने तालिम सम्पन्न भएको छ।
पोखरा महानगरपालिका १७ नं. वडा कार्यालय र कास्की पोखरा हस्तकला संघ, पोखराको संयुक्त आयोजनामा भएको तालिम ३ दिनसम्म संचालन भएको थियो ।बुधबार समापन भएको हो। कास्की पोखरा हस्तकला संघकी अध्यक्ष सीता गुरुङको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा पोखरा महानगरपालिका वडा नं। १७ की वडा अध्यक्ष राधिका कुमारी शाहीले तालिममा सहभागीलाई प्रमाणपत्र वितरण गरिन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहीले महिला तथा स्थानीय नागरिकलाई आर्थिक रूपमा सबल बनाउन सीपमूलक तालिमको ठूलो महत्त्व रहने बताईन् । सिकेको सीपलाई केवल कोठा र प्रमाणपत्रमा मात्र सीमित नराखी व्यवहारमा उतारेर व्यवसायिक बन्न र आत्मनिर्भरता तर्फ कदम चाल्न उनले सहभागीहरूलाई आग्रह गरिन् । कार्यक्रममा महिला उद्यमी संघ कास्कीकी प्रथम उपाध्यक्ष बालकुमारी गुरुङ, वडा सदस्य तारा परियार, वडा सचिव सुरेन्द्र शर्मा र तालिमकी संयोजक रितु घलेले हस्तकलाका माध्यमबाट महिलाहरूलाई आर्थिक रूपमा सक्षम बनाउन सकिने धारणा राखे ।
त्यसैगरी तालिमका प्रशिक्षक लक्ष्मी गुरुङ तथा प्रशिक्षार्थीद्वय विष्णु परियार र सानुमाया सुनारले तालिमको अनुभव र उपयोगिताबारे आफ्ना भनाइहरू राखेका थिए । घले हस्तकला प्रशिक्षण केन्द्रमा सञ्चालन भएको उक्त समापन कार्यक्रमको सञ्चालन वसन्त केसीले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार २६ पोखरामा अनलाईन सट्टेबाजी गरेको आरोपमा ८ जना पक्राउ…






