पोखरा, असार २९
पोखरामा नोम्याड्स बेसक्याम्प फेस्टिभल आयोजना हुने भएको छ । साराङ सर्भिसेज र पोखरा पर्यटन परिषद्को संयुक्त आयोजनामा आगामी असोज ९ गतेदेखि ११ गते (सेप्टेम्बर २५–२७)सम्म पोखरामा नोम्याड्स बेसक्याम्प फेस्टिभल हुने भएको हो । फेष्टिभल आयोजना गर्न यी दुई संस्थाबीच आईतबार साँझ पोखरामा औपचारिक सम्झौता भएको छ ।
फेष्टिभलमा पोखरालाई डिजिटल नोम्याड्स, रिमोट वर्कर, उद्यमी, सिर्जनशील व्यक्तित्व तथा नवप्रवर्तनकर्ताहरूको गन्तव्यका रूपमा प्रवद्र्धन गरिने आयोजक मध्यको एक पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिए । त्रिदिवसीय रुपमा हुने फेष्टिभलमा तीन दिन तीन फरक कार्यक्रम हुने बताउँदै उनले भने,‘जहाँ प्रविधि, जीवनशैली र पर्यटनसँग सम्बन्धित विषयहरूलाई समेटिनेछ ।’
आयोजककमा अनुसार त्रिदिवसी फेष्टिको पहिलो दिन आर्टिफिसियल इन्टेलिजेन्स, स्टार्टअप, उद्यमशीलता, डिजिटल व्यवसाय र भविष्यको कार्यशैली जस्ता विषयमा केन्द्रीत छलफल हुनेछन् । त्यस्तै, सो दिन स्वदेशी तथा विदेशी उद्यमी, संस्थापक, भेभलपर, कन्टेन्ट क्रियटर तथा नवप्रवर्तनकर्ताहरुले आफ्नो अनुभव, ज्ञान तथा विश्वव्यापी डिजिटल अर्थतन्त्रमा देखापरिरहेका अवसरहरुबारे बिचार आदानप्रदानसमेत गर्ने अध्यक्ष पहारीले जानकारी दिए । दोस्रो दिन स्वतन्त्र जीवनशैली, मानसिक स्वास्थ्य, जीवन सन्तुलन, उत्पादकत्व, साहसिक गतिविधि, समुदाय निर्माण तथा नेपालले नोम्याड्सलाई प्रदान गर्नसक्ने जीवन अनुभवबारे छलफल हुनेछन् भने तेस्रो दिन विश्व पर्यटन दिवस पनि पर्ने भएकाले सो दिन दीगो पर्यटन, पर्यटनमा नवप्रवर्तन, गन्तव्य ब्रान्डिङ र सांस्कृतिक आदानप्रदान सम्बन्धी छलफल गरिने जनाइएको छ । अन्तिम दिन भएकाले सो दिन नेपालमा पर्यटनको भविष्य र लगानीका सम्भावनाका विषयसमेत छलफल गर्नुका साथै सांस्कृतिक प्रस्तुती, स्थानिय अनुभव, नेटवर्किङ कार्यक्रमसहित समापन कार्यक्रम हुने उनले बताए ।
महोत्सवले पर्यटन व्यवसायी, उद्यमी र विद्यार्थीहरूलाई विश्वभरका डिजिटल नोम्याड्स र उद्यमीहरूसँग जोड्न मद्दत पु¥याउने परिषदका प्रथम उपाध्यक्ष हरि भुजेलले बताए । उनले भने,‘फेष्टिभलले पोखराको अन्र्तराष्ट्रिय पहुँच बिस्तार गर्दै पोखरालाई घुम्नमात्र नभई बस्न, रिमोट रुपमा काम गर्न, व्यवसाय शुरु गर्न तथा स्थानिय समुदायसँग सहकार्य गर्न सकिने गन्तव्यका रुपमा प्रवद्र्धन गर्ने लक्ष्य लिइएको छ ।’
नेपालको पहिलो डिजिटल नोम्याड्स फेष्टिभल पहिलो पटक सन २०२५ मा सम्पन्न भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


काठमाडौं, ३० असार — मौसम पूर्वानुमान महाशाखाले गण्डकीसहित देशका विभिन्न क्षेत्रमा आगामी…






